डोटीमा माओवादीबाट वडाध्यक्षका उम्मेदवार बनेका बलायर काँग्रेसमा प्रवेश
डोटी: डोटीमा नेकपा माओवादी केन्द्रबाट वडाअध्यक्षका उम्मेदवारी दिएका एकजनाले पार्टी परित्याग गरेका छन्। वडाध्यक्षमा उम्मेदवारी दिएर चुनावी प्रचारप्रसार समेत गरिसकेका उनी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन्।
शिखर नगरपालिका– ११ का उम्मेदवार शेरबहादुर बलायरलाई काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले काँग्रेसमा प्रवेश गराएका छन्। शेरबहादुर माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष समेत हुन्।
माओवादीले सत्ता, सरकार, व्यवस्था, संविधानको विगत देखिनै गलत प्रयोग गर्दै आएको र अहिले निर्वाचनमा झुटा आश्वासन बाँडेर भोट माग्न थालेपछि आफूले पार्टी छोडेको उनले बताएका छन्।