इन्डियन ओयलको कार्यक्रममा अचानक पोर्न भिडियो चलेपछि...
काठमाडौंः असम प्रहरीको क्राइम ब्रान्चले इन्डियन ओइलको एउटा कार्यक्रममा स्क्रिनमा ‘पोर्न भिडियो क्लिप’ देखिएको घटनाबारे अनुसन्धान गरिरहेको छ। तिनसुकिया शहरको एउटा होटलमा शनिबार इन्डिन ओइल कम्पनीको तर्फबाट आयोजित यो कार्यक्रममा पेट्रोलियम र प्राकृतिक ग्यास राज्यमन्त्री रामेश्वर तेली पनि उपस्थिति थिए।
यस गल्तीका लागि तिनसुकिया प्रहरी स्टेशनमा मुद्दा दर्ता गरिएको छ। घटनाको सिलसिलामा क्राइम ब्रान्चले प्रोजेक्ट अपरेटरलाई हिरासतमा लिएको छ र थप कारवाही गरिरहेको छ। घटनासँग जानकारी भएकाहरुलाई जिल्ला उपायुक्त कार्यालयमा आज (बुधबार) सुनुवाईका लागि बोलाइएको छ।
कार्यक्रममा के भएको थियो ?
भारतीय आयलको मिथेनोल मिसाइएको एम–१५ पेट्रोलको पाइलट रोल आउटको उद्घाटन गर्न केन्द्रीय राज्यमन्त्री रामेश्वर तेली कार्यक्रममा पुगेका थिए।मन्त्री तेलीले नीति आयोगका सदस्य डा वीके सारस्वत, इन्डियन आयलका अध्यक्ष एसएम विद्या, राज्यका श्रममन्त्री सञ्जय किशन, असम पेट्रोकेमिकल्स लिमिटेडका अध्यक्ष बिकुल डेका र वरिष्ठ अधिकारीहरूको उपस्थितिमा एम–१५ पेट्रोलको पाइलट रोल आउटको शुभारम्भ गरे। शुभारम्भ कार्यक्रम पछि शहरको एक होटलमा बैठक भयो, जहाँ यक्त घटना भएको थियो।
तिनसुकियामा भएको घटनालाई कभर गर्ने पत्रकार राजीव दत्त भन्छन्, ‘इन्डियन ओइयलका एक अधिकारीले स्टेजमा आफ्नो भाषण दिइरहेका बेला उक्त घटना भएको थियो र उनको पछाडि प्रोजेक्टरको स्क्रिन दौडिरहेको थियो, जसमा मिथेनोल मिसाइएको पेट्रोल परियोजना देखाइएको थियो। जब प्रोजेक्ट अपरेटरले भिडियो क्लिप फेरिरहेका थिए तब अचानक स्क्रिममा एउटा पोर्न क्लिप चल्यो । यसले उपस्थित मानिसहरूलाई हैरान बनायो। यो भिडियो ३–४ सेकेन्ड मात्र चलेको थियो, सञ्चालकले छिट्टै यसलाई हटाए।’
यो घटनालाई अनलाइन लाइभ स्ट्रिम गरिएको भनिएको छ र एक भारतीय ओइलका एक अधिकारीले आफ्नो ट्विटर खातामा जुम बैठकको आईडी र पासकोड साझा गरेका थिए। घटनाको जवाफ दिँदै मन्त्री तेलीले भने, ‘मैले त्यतिबेला इन्डियन आयलका एक अधिकारीले दिएको भाषण सुनिरहेको थिएँ, स्क्रिनमा हेरेको थिइनँ, त्यसैले मलाई केही थाहा भएन। पछि मलाई मेरा नीजि सहयोगीले घटनाबारे बताए। त्यतिबेला जिल्लाका उपायुक्त पनि त्यहाँ बसेका थिए। मैले तत्काल अनुसन्धान थाल्न निर्देशन दिएँ, सत्य हो भने दोषीमाथि कडा कारबाही हुन्छ।’