सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा निर्वाचन अवधिभर मदिरा विक्री वितरण गर्न नपाइने 

२०७९ वैशाख २१, ०८:४३ खबर संवाददाता

धनगढी : बाजुरामा निर्वाचन अवधिभर मदिरा विक्री वितरण गर्न नपाइने भएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालय बाजुराले विज्ञप्ति जारी गर्दै बुधबार (आज)बाट लागु हुनेगरी निर्वाचन अवधिभर मदिरा उत्पादन, भण्डारण, विक्री, वितरण एवं उपभोगलाई निषेध गरिएको बताइएको छ।

स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवं जिल्लाको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन मदिरा विक्री वितरणमा रोक लगाइएको जनाइएको छ। जुनसुकै व्यक्ति तथा समूहले मदिरा सेवन गरी सार्वजनिक स्थानमा हिँडेको पाइए कडा भन्दा कडा कानुनी कारबाही गर्न सबै सरोकारवालाहरुले सहयोग गर्ने भनी सर्वपक्षीय सर्वदलीय बैठकबाट निर्णय भएको विज्ञप्तिमा उल्लेख छ।

साथै निर्णय प्रतिकूलका कार्य गरे वा गराएको पाइए कानुनबमोजिम कारबाही हुने समेत सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

No description available.

कमेन्ट लोड गर्नुस