सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकी मतदातालाई गर्भपतनसम्बन्धी ‘मौलिक’ अधिकारको लागि आवाज बुलन्द पार्न आग्रह 

२०७९ वैशाख २१, ०५:५० रासस

वासिङ्टन : अमेरिकी मतदाताहरूले गर्भपतनको ’मौलिक’ अधिकारको रक्षा गर्नुपर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले मङ्गलबार बताएका छन्। सर्वोच्च अदालतले यो प्रक्रियालाई अनुमति दिने संवैधानिक प्रत्याभूति खारेज गरेमा अमेरिकी मतदाताले गर्भपतनको ‘मौलिक’ अधिकारको रक्षा गर्नुपर्ने उनले बताएका हुन्। 

अदालतले बहुमतको मसौदाको पोलिटिकोद्वारा प्रकाशित प्रति पुष्टि नगरिएको र राष्ट्रव्यापी अधिकार समाप्त गर्ने काम अदालतले गरेको भन्दै राजनीतिक प्रभाबमा नागरिकको अधिकारलाई कुण्ठित गर्न नहुनेममा जोड दिए। तथापि, यदि अदालतले यसलाई अनुमोदन गरिदिएमा गर्भपतनसम्बन्धी कानून राज्यहरूको आ–आफ्नो कानूनमा निर्भर हुनेछ र नोभेम्बरको मध्य चुनावमा यस प्रक्रियाको अधिकारलाई समर्थन गर्ने अधिकारीहरूलाई यसलाई निर्वाचन गर्न मतदाताहरूमा दबाव पर्ने उनले एक पत्रकार सम्मेलनमा बताएका हुन्।   

अमेरिकी सर्वोच्च अदालतले गर्भपतन अधिकारसम्बन्धी राष्ट्रव्यापी कानुन उल्ट्याइदिन सक्ने विवरण भएको गोप्य रूपमा बाहिरिएको एउटा मस्यौदा दस्ताबेजले पूरै अमेरिकालाई स्तब्ध बनाएको भनाइ अमेरिकी अधिकारीहरूको छ।पोलिटिकोमा छापिएको ९८ पानाको दस्ताबेजमा न्यायाधीश स्यामुअल अलिटोले सन् १९७३ को गर्भपतन अधिकार स्थापित गर्ने निर्णय ‘अत्यन्त गलत’ भएको लेखेको भन्ने समाचारहरू सार्वजनिक भएका हुन्। यदि सर्वोच्च अदालतले रोविरुद्ध वेड मुद्दाको निर्णयलाई उल्टाएमा २२ राज्यमा गर्भपतन गैरकानुनी हुनेछ। न्यायाधीशहरूले जुलाई महिनाको सुरुवातभन्दा अगाडि यो विषयमा निर्णय नसुनाउने ठानिएको छ। -एएफपी

कमेन्ट लोड गर्नुस