सुदूर नेपाललाई विश्वसँग जोड्दै

सर्वसाधारणको उद्धार नसकिँदै मारिउपोलको स्टिल उद्योगमा रुसको फेरि आक्रमण

२०७९ वैशाख २०, ०७:१५ रासस

चाङ्सा: युक्रेनका एक अधिकारीले मारिउपोलस्थित स्टिल उद्योगमा फसेका अझै सयौँ सर्वसाधारण उद्धारकार्य बाँकी रहेको सोमबार बताउनु भएको छ । यसैबीच रुसले पुनः हमलाहरु थालेको  पनि  उहाँ थप जानकारी दिएका छन्।  

राष्ट्रिय गार्डका कमाण्डर डेनिस श्लेगाले सोमवार एजोभस्टाल स्टिल उद्योगमा सबै किसिमका अस्त्रहरूले आक्रमण गरिएको बताएका छन्। आइतवार उक्त उद्योगमा आश्रय लिएर बसेका थुप्रै सर्वसाधारण त्यहाँबाट अन्यत्र जान सफल भएका बताइएको छ। तर पनि स्टिल उद्योगमुनि रहेको बङ्करमा अझै कयौँ साना बालबालिकाहरु रहेका कमाण्डर श्लेगाले बताए।

सर्वसाधारणलाई अन्यत्र जानका लागि निस्किएलगत्तै उक्त उद्योगमा रुसले पुनः बमबारी थालेको युक्रेनको टेलिभिजनमा बोल्दै ती कमाण्डरले बताउनु भएको हो। युक्रेनको दक्षिणी बन्दरगाह सहर मारिउपोलमा रुसले यसअघि पनि हप्तौँसम्म तीव्र बमबारी गरेको थियो। सोमवार साँझ बाहिरिएका भिडिओमा एजोभस्टालमा ठूलो आगो लागेको देखिएको थियो। यस आगलागिलाई सामाजिक सञ्जालका प्रयोगकर्ताले रुसी बमबारीका कारण भएको बताएका छन्।
 

कमेन्ट लोड गर्नुस