सुदूर नेपाललाई विश्वसँग जोड्दै

सांघाइमा घटे कोरोना भाइरसका संक्रमित

२०७९ वैशाख २०, ०१:२३ रासस

सांघाइ : चिनियाँ सहर सांघाइमा कोरोना भाइरसका संक्रमित घटेका छन्। सांघाइका स्वास्थ्य अधिकारीहरुले गएको २४ घन्टामा यहाँ २७४ जनामा मात्र संक्रमण देखिएको बताएका छन्।

अधिकारीहरुले यहाँ अहिले पनि ५ हजार भन्दा बढी सक्रिय संक्रमित भने रहेका बताएका छन्। यसअघि हरेक दिन कम्तीमा पनि एक हजार जना संक्रमित पाइने गरेकामा अहिले त्यसमा कमी आएको हो। यहाँको म्युनिसिपल हेल्थ कमिसनले सांघाइमा पछिल्ला केही दिनमा कोरोनाका संक्रमितहरु घट्दै गएको बताएका हुन्। -सिन्ह्वा
 

कमेन्ट लोड गर्नुस