वेबसाइट र्याङ्किङ गर्ने ‘एलेक्सा’ बन्द
धनगढी: वेबसाइट र्याङ्किङ मापन गर्दै आएको साइट एलेक्सा बन्द भएको छ। अमेजनले आफ्नो सहायक कम्पनी मे १ देखि एलेक्सा बन्द गर्ने योजना सार्वजनिक गरेको थियो। सोही अनुसार वेबसाइटको र्यांक मापन गर्दै आएको यो साइट २५ वर्षपछि बन्द भएको छ।
एलेक्साले कुनै पनि वेबसाइटमा आउने ट्राफिक डेटाका आधारमा वेबसाइटहरूको र्याङ्किङ मापन गर्ने गथ्र्यो। नेपालमा पनि यो साइट हेरेर आफ्नो साइटको र्यांक हेर्ने गरेका थिए।