सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्कुटर दुर्घटना हुँदा डडेल्धुराका युवकको मृत्यु

२०७९ वैशाख १९, ०७:५८ खबर संवाददाता

धनगढी : स्कुटर दुर्घटनामा परी डडेल्धुराका एक युवकको मृत्यु भएको छ। काठमाडौंको बबरमहलमा आइतबार राति पौने १२ बजे बा ६१ प ८९८८ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक डडेलधुराका २६ वर्षीय केविन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

स्कुटर आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ। श्रेष्ठ काठमाडौंको कोटेश्वर बस्दै आएका थिए। प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको वीर अस्पतालमा उपचारका क्रममा राति पौने २ बजे मृत्यु भएको हो। 

कमेन्ट लोड गर्नुस