न्यु मेक्सिकोमा भीषण आगलागी
वासिङ्टन, अमेरिका : संयुक्त राज्य अमेरिकाको न्यु मेक्सिको राज्यमा भीषण डढेलो फैलिँदै गएको छ। यसअघि नै ९७,००० एकड क्षेत्रफलमा डढेलो फैलिसकेको राज्यका अग्नि अधिकारीहरूले बताएका छन्।
'सो क्षेत्रभरि हावाको गतिले तीव्र गतिमा आगो लस भेगास तर्फ पूर्व र ग्यालिनास क्यान्यनमा दक्षिणतिर फैलिएको थियो। हावाको तीव्रप्रवाहले आगलागी अनुमान भन्दा छिटो भैलिरहेको बताइएको छ,' सान्ता फे नेसनल फरेस्ट (SFNF) का आगो प्रबन्धकहरूले काफ क्यान्यन र हर्मिट्स पीकमा शनिबार उल्लेख गरेका छन् । डढेलोले ९७ हजार ६४ एकड जमिन जलेको बताइएको छ।
विगत २४ घण्टामा ३० हजार एकड क्षेत्रफलमा फैलिएको आगो नियन्त्रणमा ल्याउन अहिले १ हजार २० जना अग्निनियन्त्रक आगो निभाउने काममा जुटेका छन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार न्यु मेक्सिकोका केही भागमा मानिसहरूलाई सम्भावित खतरनाक ठाउँ छाड्न आदेश जारी गरिएको छ। -एएनआई/स्पुतनिक