वेतन कर्णाली जलविद्युत् आयोजनाको डिपीआरको काममा ढिलाई

सुदुरपश्चिम र कर्णाली प्रदेशको सीमानामा कर्मचारी सञ्चय कोषले निर्माण गर्ने ६८० मेगावाटको वेतन कर्णाली जलविद्युत् आयोजनाको डिपिआरको काममा ढिलाई भईरहेको छ । ‘बेतन कर्णाली सञ्चयकर्ता हाईड्रोपावर लिमिटेड’ को विद्युत् उत्पादनको सर्वेक्षण अनुमतिपत्र पाएपछि थालिएको डिपीआरको काममा ढिलाई भएको हो । सुर्खेत जिल्ला र अछाम जिल्लाका आधा आधा भुभागमा रहने गरी कर्णाली नदीमा अर्ध जलाशय प्रकृतिको आयोजना निर्माणका लागि डिपिआरको काम भईरहेको छ । ८० अर्ब लागतको आयोजना पाच वर्षभित्र निर्माण सम्पन्न गर्नका लागि कर्मचारी सन्चय कोषले रकम व्यवस्थापनको तयारी रहेका वेला निर्माणको काम सुरु गर्नका लागिबनाईएको कार्य तालिका रहेकोमा डिपिआरमा निर्माण भईरहेको ढिलाईले जलविद्युत निर्माणको काम सुरु हुने कार्य तालिका पनि प्रभावित हुन सक्ने देखिएको छ ।
सञ्चय कोषले दोस्रो ठुलो आयोजना बनाउनका लागि वेतन कर्णालीको डिपिआर वनाउने काम सुरु गरेकोमा त्यसमा ढिलाई भईरहेको छ । सरकारले कर्मचारी सञ्चय कोषमा कोष कट्टी गर्दै आएका कर्मचारीको ४० प्रतिशत लगानीमा ६८० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि डिपिआर बनाउन प्राधिकरण स्वामित्वकै एनईए ईन्जिनियरीङ लिमिटेडलाई जिम्मा दिएकोमा यसको कामले तिव्रता पाउन सकेको छैन् । डिपिआरको काम भईरहेको अवस्था आफुहरु भने लगानी गर्नका लागि तयारी अवस्थामा रहेको कर्मचारी संन्चय कोषका प्रवक्ता ओमकृष्ण श्रेष्ठले जानकारी दिए ।
आयोजनामा सन्चय कोषमा सञ्चयकर्तालाई कुल लगानीको ४० प्रतिशत सेयर दिइनेछ भने कोष आफैले १५ प्रतिशत सेयर राख्नेछ । नेपाल विद्युत् प्राधिकरणलाई १५ प्रतिशत, जलविद्युत् उत्पादन कम्पनीलाई १० प्रतिशत, स्थानीयवासीलाई १० र आम नागरिकलाई १५ प्रतिशत सेयर दिने गरी कम्पनीको सेयर संरचना तयार गरिएकोमा आयोजना निर्माणका लागि विस्तृत योजना प्रतिवेदन वनाउने काम भईरहेको छ । पहिलो दुई वर्ष सर्वेक्षणको काम सम्पन्न गर्ने गरी डिपीआर वनाउने थालिएकोमा निर्माणको काम सुरु गर्न पनि ढिलाई हुने संकेत देखिएको छ । वातावरणीय प्रभाव मुल्याकंनको कामसँगै अन्य विभिन्न अध्ययनको काम भईरहेकोले वेतन कर्णाली संन्चयकर्ता हाईड्रो पावरका प्रमुख दिपक रौनीयारले बताए ।
आयोजनाको निर्माणमा ८० अर्ब बढी लगानी लाग्ने अनुमान गरिएको अवस्थामा त्यसको व्यवस्थापनको काम पनि डिपिआर बनाउने कामसँगै भईरहेको छ । पहिलो चरणमा २० अर्ब अधिकृत पँजी राखेर कोषले आयोजना अगाडी बढाउने योजना बनाएकोमा आवश्यक बजेट संकलन र व्यवस्थापनको काम पनि भईरहेको कर्मचारी संन्चय कोषले जनाएको छ । आवश्यक लगानीको अभाव नभएकोले डिपीआरको काम सकिएपछि निर्माण थालेको पाच बषृभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । त्यसका लागि अव कामलाई तिव्रता दिने वेतन कर्णाली संन्चयकर्ता हाईड्रो पावरका प्रमुख रौनियारको भनाई छ ।


