भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका योजनामा निर्माण कार्य सुरु हुन सकेन्

चालु आर्थिक वर्षको ७ महिना बित्दा प्रदेश सरकारले कार्यान्वयन गर्नुपर्ने विकास निर्माणका कामहरू अझै सुरु हुन सकेका छैनन् । पहिलो चौमासिकको पुजीगत खर्च शून्य दशमलव १८ रहेको सुदूरपश्चिममा दोस्रो चौमासिक अवधिमा पनि प्रगतिको अवस्था डेड प्रतिशतभन्दा वढी हुन सकेको छैन । प्रदेश मन्त्रालयमा सबैभन्दा बढी विकास बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका कुनै पनि योजनामा निर्माण कार्य सुरु हुन सकेको छैन । संघीय सरकारले हस्तान्तरण गरेका र प्रदेश सरकारका योजनाहरुको निर्माणको काम अगाडी बढाउनका लागि डिजाईन सर्वे, लागत अनुमान वोलपत्र आव्हान लगायतका कामहरु भौतिक पुर्वाधार विकास मन्त्रालय र मन्त्रालय मातहतका कार्यालयहरुले आर्थिक बर्षको सात महिना हुन लागेपछि सञ्चालनमा ल्याएका छन् ।
प्रदेश सरकारको सबैभन्दा बढी विकास बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका कुनै पनि योजनामा निर्माण कार्य सुरु हुन नसकेका हुन् । मन्त्रालय अन्तर्गत झन्डै २५ सय बढी योजना छन् । हालसम्म कुनै पनि योजना निर्माणको चरणमा नपुगेको मन्त्रालयको भनाइ छ । ‘सर्भे, डिजाईन लगायत काम भइरहेको भएपनि निर्माणको चरणमा भने पुग्न नसकेको मन्त्रालयका सचिव ईन्द्रदेव भट्टले जानकारी दिए ।

सुदुरपश्चिम प्रदेशमा चालु आवका लागि २५ अर्ब ६ करोड ५६ लाख बजेट छ । त्यो मध्ये पुजीगत तर्फ ११ अर्ब ७१ करोड रकम विनियोजन गरिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेट ९ अर्ब ४० करोड बढी हो । ऋार्थिक बर्षका केही महिना मन्त्रालय मातहतहका कार्यान्वयन गर्ने कार्यालयहरु स्थापनामा समयम लागेका वेला अहिले आएर योजनाहरुका प्रारम्भीक चरणका कामहरु अगाडी बढेका हुन् । सर्भे डिजाईन स्टिमेट सकिएका योजनामा टेन्डर समेत भएको र योजनाहरुलाई अगाडी वढाउन लागिरहेको पूर्वाधार विकास कार्यालय कैलालीका प्रमुख श्यामबहादुर खड्काले बताए ।

योजनाहरू कार्यान्वयन गर्न पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय ४, सहरी विकास तथा भवन कार्यालय ३, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय ३ र जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय १० वटा स्थापना भएका छन्। यी कार्यालयहरू कात्तिकमा स्थापना भएपछि मंसीरमा मात्रै प्रदेश सरकारले कार्यान्यको अख्तियारी दिदा योजना निर्माणको काम सुरु हुन समय लागेको हो । आर्थिक बर्षको बाँकी रहेको समयमा तिव्रताका साथ अगाडी वढ्ने पूर्वाधार विकास कार्यालय साँफेबगरका प्रमुख जंगबहादुर थापाको भनाई छ ।
कार्यालय स्थापनामा ढिलाई र दरबन्दी अनुसार कर्मचारी पूर्ति नभएकाले पनि योजना निर्माणमा लैजान समस्या भएको कर्मचारीहरू बताउँछन्न । अझै पनि कार्यालयहरुमा आवश्यकता अनुसारका कर्मचारीहरुको परिपुर्ति हुन सकेको छैन् । मनत्रालय मातहतका कार्यालयहरुलाई एकभन्दा वढी जिल्लाहरु हेर्नुपर्ने भएकोले पनि योजनाहरु कार्यान्वयन गर्न समस्या हुदै आएको छ । पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगत जोशी कार्य क्षेत्र कढे पनि कर्मचारी अभावको समस्या कायमै रहेको बताउँछन् ।

