जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा झडप हुँदा १२ घाइते
२०७९ वैशाख १६, ०९:१५
जेरुसेलम: जेरुसेलमको अलअक्सा मस्जिद परिसरमा प्यालेस्टिनी र इजरायली प्रहरीबीचको ताजा झडपमा शुक्रबार १२ जना घाइते भएका छन्। प्यालेस्टाइनी रेड क्रिसेन्टले जनाएअनुसार फ्ल्यासपोइन्टना घटेको हिंसापछि सो घटना घटेको हो।
इजरायलको प्रहरीले भनेअनुसार झडपकारीहरूले अलअक्सा मुनि रहेको यहूदीहरूको पवित्र स्थल पश्चिमी पर्खाल तर्फ ढुङ्गा र आतिशबाजी गरेपछि प्रहरी परिचालन गरिएको छ।
कमेन्ट लोड गर्नुस