सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको लम्कीमा गठबन्धनबाट मेयर र उपमेयरमा महिला उम्मेदवार

२०७९ वैशाख १६, ०३:२७ खबर संवाददाता

धनगढीः कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा सत्ता गठबन्धनले महिला उम्मेदवारलाई आन्न स्थानीय तहको चुनावी मैदानमा खडा गरेको छ। गठबन्धन दलहरुबीच भएको सहमति अनुसार नगरपालिकाको मेयरमा नेपाली काँग्रेसकी सुशीला शाही र उपमेयरमा नेकपा माओवादी केन्द्रकी जानकीकुमारी सिँह उम्मेदवार रहेका छन्। दलहरुले प्रमुख र उपप्रमुखमा दाबी गरेका अन्य व्यक्तिहरुलाई फिर्ता बोलाउने सहमति गरेका छन्।  

यस्तै मेयरमा दाबी गरेकामध्ये दुईजनाको उम्मेदवारी भने रद्द भएको छ। नेपाली काँग्रेसका भक्तबहादुर थापा र नेकपा माओवादी केन्द्रका धिरेन्द्र रावलको उम्मेदवारी रद्द भएको निर्वाचन अधिकृत हिरालाल चौधरीले जानकारी दिए। उनीहरु दुवैजनालाई पार्टीले आधिकारिक नरहेको जानकारी दिएपछि उम्मेदवारी रद्द भएको हो। 

यस्तै मेयरमा उम्मेदवारी दर्ता गरेकामध्ये माओवादीका लोकराज ढकाल र एकीकृत समाजवादीका बखतबहादुर बिष्टको उम्मेदवारी समेत फिर्ताको तयारी रहेको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस