डोटीमा बजार अनुगमन, १ लाख बढीको अखाद्य वस्तु नष्ट
धनगढीः जिल्ला प्रशासन कार्यालय डोटीले बजार अनुगमन गरेको छ। प्रशासन कार्यालयको नेतृत्वमा गरिएको संयुक्त बजार अनुगमन टोलीले १ लाखभन्दा बढी मूल्यको अखाद्य सामग्री नष्ट गरेको हो।
सिलगढी, दिपायल, राजपुर, एयरपार्ट क्षेत्रमा रहेका बजारमा गरिएको अनुगमनमा टोलीले १ लाख ३४ हजार ३ सय ६० रुपियाँ बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरेको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिए। अनुगमनका क्रममा बढीमा मात्रामा म्याद नाघेका चिउरा, भुजिया दाना, दालमटरहरु, बिस्कुट, खाने तेल, सोयबिन, काजु बदाम, चाउचाउ, मसालाहरु भेटिएका थिए।