सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको बडिमालिका २ को वडाध्यक्षमा ज्वाइँ-जेठानबीच चुनावी प्रतिस्पर्धा

२०७९ वैशाख १४, ०२:३७ खबर संवाददाता

बाजुराः बाजुराको बडिमालिका नगरपालिका २ को वडाअध्यक्षमा ज्वाइँ र जेठानबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। नेकपा एमालेबाट ज्वाइँ डम्मरबहादुर महत  र जेठान गोपालबहादुर कार्की नेपाली कांग्रेसबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।

२०७४ सालको स्थानीय चुनावमा प्रतिस्पर्धा गरेका ज्वाइँ-जेठान यो पटक पनि आमने-सामने भएका हुन्। २०७४ को स्थानीय चुनावमा कार्की ६ मतले पराजित भएका थिए। महतले २४२ मत र कार्कीले २३६ मत ल्याएका थिए। हाल बडिमालिका २ मा ८०२ मतदाता छन्।

कार्कीकी बहिनी र महतका कान्छा भाइबीच बैवाहिक सम्बन्ध छ। कार्की नेपाली कांग्रेस बडिमालिका नगर सभापतिसमेत हुन् भने महत एमाले जिल्ला कमिटी सदस्य तथा बडिमालिका नगर इन्चार्ज हुन्।
 

कमेन्ट लोड गर्नुस