सुदूर नेपाललाई विश्वसँग जोड्दै

राप्रपाका उम्मेदवारले खाए भ्रष्टाचार नगर्ने कसम

२०७९ वैशाख १३, ०५:३१ खबर संवाददाता

बिमल जैरु, डडेल्धुरा:  राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुख उम्मेदवारी दिएकाहरुले भ्रष्टाचार नगर्ने कसम खाएका छन्। मनोनयन दर्ता गर्न जानुभन्दा अगाडि मेयरका उम्मेदवार गणेश भण्डारी  र उपमेयरकी उम्मेदवार कविता जोशीले कसम खाएका हुन्।  

उनीहरुले डडेल्धराुका सदरमुकाममा रहेको जोगेनी थान मन्दिरमा भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो भन्दै उनीहरुले कसम खाएका थिए। राप्रपाका केन्द्रीय सदस्य गोबिन्द खडायतले प्रमुख र उपप्रमुख पदका उमेदवारलाई भ्रष्टाचारमुक्त समाज निर्माण गरी सुशासन कायम गर्न कसम खुवाएका थिए।

मेयरका उम्मेदवार गणेश भण्डारीले मन्दिरमा बसेर कसम खादै भनेका थिए, ‘हाम्रो उम्मेदवारी अमरगढी नगरपालीकालाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउनका लागि हो। गरिबहरूले पनि बाँच्न पाउने आधार हामी बनाउँछौं। शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकता दिन्छौं। स्मार्ट सिटी बनाउँछौँ भनेर झुट बोल्दैनौं राम्रो अमरगढी निर्माण गर्छौ।’ 

उनले भ्रष्टाचार नेपालको सबैभन्दा ठूलो रोग भएकोले त्यसको अन्त्य राप्रपाले गर्ने बताएका थिए। मेयर र उपमेयरसहित वडाअध्यक्ष लगायत चुनाव लडने सबैले एकैपटक कसम खाएका थिए।

कमेन्ट लोड गर्नुस