सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका दुई महिला पत्रकार उपप्रमुख बन्ने दौडमा   

२०७९ वैशाख १३, ०४:४३ खबर संवाददाता

डोटी: डोटीका दुई महिला पत्रकारले नगरपालिका उपप्रमुख र गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवार बनेका छन्। नेपाली काँग्रेसबाट शिखर नगरपालिकामा सुनिता रावल जोराले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएकी छन् भने आदर्श गाउँपालिकाको उपाध्यक्षमा लक्ष्मी रोकायाले दर्ता गराएकी छिन्।

रावल नेपाल पत्रकार महासंघ डोटीको उपाध्यक्ष, नेपाल प्रेस युनियनका साथै विगत लामो समयदेखि रेडियो नेपाल दिपायल कार्यरत थिइन्। उम्मेदवारी दर्ताका क्रममा शिखर  नगरपालिका उपप्रमुखका उम्मेदवार सुनिता रावलले अन्याय, असमानता र विभेद्रहित नगर निमार्णका लागि र महिला, बालमैत्री र वातावरणमैत्री नगर बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको उनले बताइन्।

उनले भनिन्, ‘सबैभन्दा पहिला त हिंसारहित घर र समाज निमार्णमा लाग्नेछु, अन्याय अत्याचारका विरुद्धमा मेरो अभियान हुनेछ। महिलाहरुको उत्थान, त्यसपछि नगरलाई सूचना मैत्री, वातावरणमैत्री नगर बनाउन बिभिन्न खाले कार्यक्रम योजनाहरु समेट्नेछु।’ 

त्यस्तै नेपाल प्रेस युनियन डोटी उपाध्यक्ष तथा काँग्रेस प्रदेश प्रतिनिधि लक्ष्मी रोकायाले उम्मेदवारी दर्ता गर्दै समद्ध र सुन्दर गाउँ बनाउन र सिंहदरवारको अधिकार प्रत्येक नागरिकलाई महसुस गराउन आफ्नो उम्मेदवारी रहेको बताइन्। ‘हिंसारहित घर, महिलाको उत्थान, चुलोचौकामा सीमित महिला दिदीबहिनीलाई व्यवसायिक बनाउन मेरो प्रयास रहने छ। त्यसैगरि सूचनामैत्री गाउँ बनाउन मेरो जोड रहने छ।’
 

कमेन्ट लोड गर्नुस