सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका निर्माण व्यवसायी पनि शान्तिपूर्ण धर्नामा 

२०७९ वैशाख १३, ०३:१६ खबर संवाददाता

धनगढी : बैतडीका निर्माण व्यवसायीहरुले पनि शान्तिपूर्ण धर्ना दिएका छन्। उनीहरुले अनिशिचतकालिन धर्ना दिएका हुन्। निर्माण व्यवसायी महासंघको केन्द्रीय कार्यक्रम अनुसार जिल्लामा पनि शान्तिपूर्ण धर्ना सुरु गरिएको बैतडी निर्माण व्यवसायी संघका महासचिव विकास चन्दले बताए। 

सार्वजनिक खरीद नियमावली २०६४ का केही बुँदाहरु संशोधन हुनुपर्ने, निर्माण सामग्रीमा गरिएको मूल्य वृद्धि हट्नुपर्ने लगायतका मागहरु राखेर आफूहरुले धर्ना सुरु गरेको चन्दले बताए। जिल्ला प्रशासन कार्यालय बैतडी अगाडि धर्ना कार्यक्रम सुरु गरिएको छ। 

कमेन्ट लोड गर्नुस