थप २१ जनामा सङ्क्रमण पुष्टि
काठमाडौँ: आज २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनमा चार हजार ७७५ जनामा परीक्षण गर्दा २१ जनामा सङ्क्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २७१ जना छन्। पछिल्लो समय १७ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ५४० पुगेको छ। यो दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। शून्य सङ्क्रमित भएको ३१ जिल्ला पुगेका छन्। नेपालमा सङ्क्रमण दर १७।४ प्रतिशत छ।
हाल होम आइसोलेशनमा २७०, संस्थागत आइसोलेशनमा एक जनाको उपचार हुँदैछ। विगत २४ घण्टामा एक लाख २३ हजार २१० जनाले खोप लगाएका छन्।