सुदूर नेपाललाई विश्वसँग जोड्दै

केआईसिंह–६ को वडाध्यक्षमा जैशीको उम्मेदवारी दर्ता 

२०७९ वैशाख १२, ०७:१७ खबर संवाददाता

धनगढीः डोटीको केआईसिंह गाउँपालिका वडा नम्बर ६ को वडाध्यक्षमा कृष्णप्रसाद जैशीले उम्मेदवारी दर्ता गरेका छन्। जैशीले नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा उम्मेदवारी दर्ता गरेका हुन्। 

आफ्नो वडालाई जिल्लाकै नमूना बनाउनका लागि उम्मेदवारी दिएको उनले बताए। केआईसिंह गाउँपालिकाको वडा नम्बर ६ अन्न उत्पादनमा अगाडि रहेका कारण त्यसलाई विशेष प्राथमिकता दिने  जैशीको भनाई छ। वडा नम्बर ६ मा विशेषगरी तरकारीसमेत बढी फल्ने गरेको छ। कृषिलाई आधुनिकतर्फ उन्मुख गर्नका लागि उम्मेदवारी दिएको जैशीले बताएका छन्। 

वडा नम्बर ६ मा धार्मिक पर्यटकिय क्षेत्रहरु पनि प्रशस्त छन्। तिनीहरुको विकास तथा प्रचारप्रसारका लागि आफ्नो उम्मेदवारी रहेको दाबी उनको छ। यस्तै ग्रामीण सडकलाई व्यवस्थित गर्नतर्फ पनि ध्यान दिने उनले बताएका छन्। वडावासीले स्थानीय तहको निर्वाचनमा आफूलाई विश्वास गरेर मतदात गर्ने दिने अपेक्षा उनको छ। जैशी माओवादीको राजनीतिसँगै समाजसेवामा लामो समयदेखि सक्रिय छन्।
 

कमेन्ट लोड गर्नुस