सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा काँग्रेस र एमालेले लगायो ९ ओटै पालिकामा उम्मेदवारको टुंगो (नामसहित)

२०७९ वैशाख १२, १२:००

बाजुरा: बाजुराका ९ ओटै स्थानीय तहमा नेपाली काँग्रेस र नेकपा एमालेले आफ्ना उम्मेदवार छानेको छ। सोमबार दुवै दलले प्रमुख र उपप्रमुखको उम्मेदवारको नाम सार्वजनिक गरेको हो।

नेपाली काँग्रेस बाजुराले बुढीगंगा नगरपालिकाको प्रमुखमा रुद्रबहादुर खाती र उपप्रमुखमा रिता शाही(शाह), बडीमालिका नगरपालिकाको प्रमुखमा धनराज पण्डित र उपप्रमुख राधिका सिंह, त्रिवेणी नगरपालिमा कर्णबहादुर थापा प्रमुखमा र उपप्रमुखमा कमला जोशी न्यौपाने र बुढीनन्दा नगरपालिकाको प्रमुखमा पदमकुमार गिरी र उपप्रमुखमा रिता शाही(सिंह) लाई उम्मेदवार बनाएको छ। 

यस्तै काँग्रेसले हिमाली गाउँपालिकाको अध्यक्ष गोविद्रबहादुर मल्ल र उपाध्यक्षमा कमला रावत रोकाया, स्वामीकार्तिक गाउँपालिकाको अध्यक्षमा भरतबहादुर रोकाया र उपाध्यक्षमा मैना जोशी, जगन्नाथ गाउँपालिकाको अध्यक्षमा सुन्दर विष्ट र उपाध्यक्ष भने माओवादी केन्द्रलाई दिइएको छ। यसैगरी गौमुल गाउँपालिकामा धिरेन्द्रबहादुर रोकाया अध्यक्षमा र उपाध्यक्षमा उमा रोकाया, खप्तडछेडे गाउँपालिकामा खडकबहादुर बुढालाई अध्यक्ष र विशु नाथलाई उपाध्यक्षमा उम्मेदवार बनाइएको छ। 

उता नेकपा एमालेले बुढीगंगा नगरपालिकाको प्रमुखमा भरतबहादुर थापा र उपप्रमुखमा माया कुँवर, बडीमालिका नगरपालिकाको प्रमुखमा अमरबहादुर खड्का र उपप्रमुख नन्दा कुमारी थापा, त्रिवेणी नगरपालिमा मोती सिं बुढा प्रमुखमा र उपप्रमुखमा पार्वती देवी विष्ट र बुढीनन्दा नगरपालिकाको प्रमुखमा जनक कुमार बोहरा र उपप्रमुखमा मनु विसी रोकायालाई उम्मेदवार बनाएको छ। 

एमालेले हिमाली गाउँपालिकाको अध्यक्ष अजबबहादुर मल्ल र उपाध्यक्षमा राजकला सार्की, स्वामीकार्तिक गाउँपालिकाको अध्यक्षमा चर्तुभुज शाही र सकुन्तला भण्डारी, जगन्नाथ गाउँपालिकाको अध्यक्षमा कालीबहादुर शाही र उपाध्यक्षमा भने मरुकला विष्टलाई दिइएको छ। यसैगरी गौमुल गाउँपालिकामा हरिबहादुर रोकाया अध्यक्षमा र उपाध्यक्षमा सिता रोकाया थापा, त्यस्तै खप्तडछेडे गाउँपालिकामा दिलबहादुर रावतलाई अध्यक्ष र मनदेवी ओलीलाई उपाध्यक्षमा उम्मेदवार बनाइएको छ। 


 

कमेन्ट लोड गर्नुस