सुदूर नेपाललाई विश्वसँग जोड्दै

टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै बझाङ कांग्रेसका बुंगल नगर सभापतिले दिए राजीनामा

२०७९ वैशाख १२, १०:२५ खबर संवाददाता

धनगढी : बझाङको बुंगल नगरपालिकाका नेपाली कांग्रेसका नगर सभापति नरेशबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। उनले आइतबार राजीनामा दिएका हुन्। पार्टीले नेता जयबहादुर धामीलाई मेयरको टिकट दिएपछि थापाले असन्तुष्टि व्यक्त गरेका थिए। टिकट वितरण जनभावनाविपरीत भएको उनको आरोप छ।

बुङ्गल नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षका सम्पूर्ण पदहरुमा नगरवासीको जनभावनाविपरीत टीकट वितरण गरिनु औचित्यहीन रहेको र हाफूले सोही कारण पदबाट राजीनामा 
दिएको उनले राजीनामा पत्रमार्फत बताएका छन्। 

कमेन्ट लोड गर्नुस