सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको वित्थडचिरमा कांग्रेसको सिंगो वडा कार्यसमितिले दियो राजीनामा

२०७९ वैशाख १२, ०७:११ खबर संवाददाता

धनगढी : बझाङको वित्थडचिर गाउँपालिकामा कांग्रेसको वडा कार्यसमितिका पदाधिकारीले राजीनामा दिएका छन्। चुनावी तालमेलको विरोधमा वडा नम्बर २ का गणेश बोहराको नेतृत्वको १७ सदस्यीय कार्यसमितिका पदाधिकारीले पदबाट राजीनामा दिएका हुन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बझाङमा गठबन्धन गर्ने निर्णय गरेको थियो। वडा सभापतिबाट राजीनामा दिएका बोहराले कांग्रेस एक्लै जित्ने अवस्थामा गठबन्धन स्वीकार्य नभएको बताउँदै वित्थडचिर–२ बाट अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने जनाएका छन्। 


 

कमेन्ट लोड गर्नुस