सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको सुर्नयामा एमाले र राप्रपाबीच तालमेल

फाइल फोटो
फाइल फोटो
२०७९ वैशाख ११, ०१:१८ खबर संवाददाता

धनगढीः बैतडीको सुर्नया गाउँपालिकामा नेकपा एमालेले राप्रपासँग तालमेल गरेर चुनावमा जाने घोषणा गरेको छ। एमाले बैतडीले सुर्नया गाउँपालिकामा राप्रपासँग तालमेल गर्ने सहमति भएको जनाएको हो। 

पालिका उपाध्यक्ष राप्रपालाई दिनेगरी सहमति जुटेको एमाले बैतडीले बताएको छ। पालिका अध्यक्षमा भने एमालेबाट अमरबहादुर कुवँर उम्मेदवार बनेका छन्। यस्तै राप्रपाबाट देवबहादुर चन्द उपाध्यक्ष लड्ने भएका छन्।

यस्तै पालिकाका वडा नं २  र ४ को वडाध्यक्ष राप्रपाले पाउने भएको छ। अन्य वडाहरुमा एमालेकै भागमा परेको बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस