अछाममा गठबन्धनबाट समाजवादी बाहिरियो
धनगढीः गठबन्धनको कसरतमा रहेका अछामका सत्तारुढ तीन दल मध्येमा नेकपा (एकीकृत समाजवादी) गठबन्धन बाहिरिएको छ।
आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनसहित जाने निधो गरेर छलफलमा रहेका तीन दल मध्ये सामाजवादी एक्लै निर्वाचनमा जाने गरेर बाहिरिएको हो।
आफ्नो पार्टीको हैसियत भन्दा बढी माग गरेकोले सामाजवादी गठबन्धनबाट बाहिरिएको हुनसक्ने चर्चा चलेको छ।
गठबन्धनमा आफ्नो कुरा नमिल्दा बाहिरएको र एक्लै निर्वाचनमा जाने समाजवादी अछामका उपसचिव नमराज न्यौपानेले जानकारी दिए।
सुरुकै छलफलबाट समाजवादी पार्टीप्रति अन्य दुई पार्टी सकारात्मक नदेखिएको बताइएको छ।
‘हामीले पहिल्यै अनुमान गरेका थियौं। तरपनि माथिजस्तै यहाँ पनि मिलेर जानुपर्छ भन्नेमा थियौं। सबै पालिका र वडामा हाम्रो उम्मेदवारी रहन्छ,’ न्यौपानेले भने।