सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराका ५ स्थानीय तहमा जनमोर्चाले टुंग्यायो उम्मेदवार, कहाँ को ? 

२०७९ वैशाख १०, ०६:५८ खबर संवाददाता

धनगढीः डडेल्धुरामा राष्ट्रिय जनमोर्चा पार्टीले पाँच स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ। जिल्लाका गन्यापधुरा गाउँपालिका, नवदुर्गा गाउँपालिका, परशुराम नगरपालिका, अजयमेरु गाउँपालिका र अमरगढी नगरपालिकामा जनमोर्चाले उम्मेदवार टुंगो लगाएको हो। 

जनमोर्चा डडेल्धुराका अनुसार परशुरामको मेयरमा रघुबिर बिक, गन्यापधुराको अध्यक्षमा टंक अवस्थी, नवदुर्गाको अध्यक्षमा हेमराज भट्ट, अजयमेरुको अध्यक्षमा हरिश बिक र अमरगढीको मेयरमा पवन बिष्ट उम्मेदवार बन्ने भएका हुन्। केन्द्रमा पाँच दलीय गठबन्धन भएपनि डडेल्धुरामा भने गठबन्धनको सहमति कार्यन्वयन भएको छैन। 


 

कमेन्ट लोड गर्नुस