बैतडीमा वडा सदस्यका उम्मेदवारको निधन
२०७९ वैशाख १०, ०३:४८
बैतडीः बैतडीको दशरथचन्द नगरपालिका वडा नं ५ मा एमालेबाट वडा सदस्यको उम्मेदवार रहेका प्रेमसिंह रावलको निधन भएको छ। शुक्रबार हृदयघातका कारण रावलको निधन भएको हो।
उपचारका क्रममा जिल्ला अस्पताल बैतडीमा उनको निधन भएको पारिवारीक स्रोतले जनाएको छ। ७४ वर्षीय रावल २०४८ सालदेखि नै एमालेमा आवद्ध थिए। आसन्न स्थानीय तहको चुनावमा उनलाई एमालेले वडा नं ५ मा सदस्यको उम्मेदवार बनाएको थियो।
कमेन्ट लोड गर्नुस