सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको सुर्नयामा टिकट नपाएपछि माओवादी नेताले गरे स्वतन्त्र उम्मेदवारी घोषणा 

२०७९ वैशाख १०, ०२:२० खबर संवाददाता

बैतडीः नेकपा माओवादी केन्द्रका सुर्नया सहइन्चार्ज जगदीश कुँवरले उपाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। पार्टीबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्। पार्टीले आफूलाई पाखा लगाएको भन्दै कुँवरले उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताए। पार्टीमा गरेको योगदानको कदर नभएपछि स्वतन्त्र उम्मेदवारी घोषणा गर्न बाध्य भएको उनको दाबी छ।

सुर्नयामा एकीकृत समाजवादी र माओवादी केन्द्रले चुनावी तालमेलको सहमति गरेका छन्। जसअनुसार अध्यक्ष पदका लागि समाजवादीका केन्द्रीय सदस्य नरेन्द्र बिष्ट र उपाध्यक्षका लागि माओवादी केन्द्रकी सुर्नया इन्चार्ज स्वेता भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको छ। 

कमेन्ट लोड गर्नुस