सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको अमरगढीमा कांग्रेसबाट यी हुन् मेयरका दाबेदार

२०७९ वैशाख १०, ०२:११ कमल सावद

डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसबाट दुई जना दाबेदार देखिएका छन्। आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट तारकबहादुर बुढाऐर र हरिप्रसाद भट्टले मेयरको टिकटको लागि लविङ गरिरहेका हुन्। 

मेयरको टिकट पक्का गर्न बुढाऐर संघीय राजधानी पुगेर फर्किएको समेत बताइएको छ। यस्तै अधिवक्ता समेत रहेका भट्ट पनि टिकटको लागि जोडबल गरिरहेका छन्। गत स्थानीय तहको निर्वाचनमा अमरगढी नगरपालिकामा नेकपा एमाले विजयी भएको थियो।

अमरगढीमा एमालेबाट विशेश्वरप्रसाद ओझा (विपीन) नगर प्रमुखमा विजयी भएका थिए। उनले कांग्रेसका उम्मेदवार डिल्लीराज जोशीलाई १ सय २८ मतले हराएका थिए।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस