सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारी जागिर छोडेर बैतडीका कुँवर बने वडाध्यक्षका उम्मेदवार 

२०७९ वैशाख ९, १२:०५ रासस

धनगढी : बैतडीका धनबहादुर कुँवर सरकारी जागिर छोडेर वडाध्यक्षका उम्मेदवार बनेका छन्। जिल्लाको पाटन नगरपालिका-१० बाट उनलाई नेपाली कांग्रेसले वडा अध्यक्ष पदको उम्मेदवार बनाएको हो।

२८ वर्षसम्म प्राविधिक सहायकको जागिर गरेका कुँवरले पदबाट राजीनामा दिएर चुनावमा लागेको बताए। उनले सरकारी जागिरको सिलसिलामा नागरिकसँग आफ्नो राम्रो सम्बन्ध रहेका कारण राजनीतिमा लागेको बताए। पार्टीबाट टिकट पाएसँगै चुनावी प्रचारप्रसारमा जुटेको कुँवरले बताए। 

कमेन्ट लोड गर्नुस