सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको सुर्मामा एमालेबाट श्रीमान्-श्रीमती नै अध्यक्ष र उपाध्यक्षका लागि सिफारिस

२०७९ वैशाख ८, ०४:११ खबर संवाददाता

धनगढीः बझाङको सुर्मा गाँउपालिकामा नेकपा एमालेले श्रीमान्-श्रीमतीलाई नै अध्यक्ष र उपाध्यक्षको उम्मेदवारका लागि सिफारिस गरेको छ। एमालेले गाउँपालिकाको अध्यक्षका लागि चक्र बोहरा र उपाध्यक्षका लागि उनकी श्रीमती मातादेवी बोहराको नाम सिफारिस गरेको हो। 

उनीहरूको नाम गाउँ कमिटीले प्रदेशमा सिफारिस गरेको हो। यसअघि वित्थडचिर गाउँपालिकामा पनि एमालेले श्रीमन श्रीमतीलाई नै पालिका अध्यक्ष र उपाध्यक्षका लागि सिफारिस गरेको थियो।
 

कमेन्ट लोड गर्नुस