बैतडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
२०७९ वैशाख ८, १२:३९
बैतडीः बैतडीमा मुख्य निर्वाचन कार्यालयको स्थापना गरिएको छ। बिहीबार दशरथचन्द नगरपालिका ४ गढीमा निर्वाचन कार्यालयको स्थापना गरिएको हो। एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्धघाटन गरिएको हो।
उद्धघाटनमा बोल्दै मुख्य निर्वाचन अधिकृत तिलक बहादुर कार्कीले बैतडीमा निर्वाचनलाई शान्तीपूर्ण बनाउन सबैले सहयोग गर्नुपर्ने बताए।
कमेन्ट लोड गर्नुस