बझाङमा भागबण्डाः काँग्रेसलाई ७, नेकपा(एस)लाई ३ र माओवादीको भागमा २ पालिका
बझाङ: सत्ता गठबन्धनका ३ दलले बझाङमा भागबण्डा मिलाएका छन्। बुधबार बसेको बैठकपछि उक्त बाँडफाड भएको हो। बैठकले जिल्लाका १२ स्थानीय तहमध्ये ७ नेपाली काँग्रेसलाई, ३ ओटा नेकपा एकीकृत समाजवादी र २ स्थानीय तह नेकपा माओवादी केन्द्रको भाग लगाउने निर्णय गरेको छ।
नेपाली काँग्रेसको भागमा २ नगरपालिकासहित ५ गाउँपालिका परेका छन्। जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका, साइपाल गाउँपालिका मष्टा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, वित्थडचिर गाउँपालिका र सुर्मा गाउँपालिका काँग्रेसले पाएको छ ।
यस्तै एकीप्कृत समाजवादीले तलकोट गाउँपालिका, केदारस्युँ गाउँपालिका, थलारा गाउँपालिका पाएको छ। माओवादी केन्द्रले भने दुर्गाथली गाउँपालिका र छविसपाथिभेरा गाउँपालिका पाएको छ। यस्तै उपप्रमुखमा नेपाली काँगेसले ६, समाजवादीले २ र माओवादी केन्दले ४ पाएको छ।