अछामको मंगलसेन नगरपालिकाका निर्वाचन अधिकृत फेरिए
अछाम: आसन्न स्थानीय चुनावका लागि खटाइएकामध्ये अछामको मंगलसेन नगरपालिकाका निर्वाचन अधिकृत फेरिएका छन्। निर्वाचन आयोगले अछाम जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीको ठाउँमा सुर्खेत जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठलाई पठाएको हो।
आयोगले सोमबार निर्णय गर्दै धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा पनि हेरफेर गरेको छ। त्यहाँ विशेष सरकारी वकिल कार्यालय काठमाडौंका श्रीकला पौडेललाई पठाइएको छ। यसअघि त्यहाँ वैदेशिक रोजगार न्यायाधीकरणका आनन्दराज पन्त खटिएका थिए।