सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा काँग्रेस र समाजवादीको सहमतिमा मेयर, मेयर नपाउनेलाई उपमेयर !

२०७९ वैशाख ५, १०:५१ खबर संवाददाता

धनगढी : सत्तारुढ गठबन्धन उपमहानगरको भागबण्डामा सहमतिनजिक पुगेको छ। बालुवाटारमा जारी गठबन्धनको बैठकमा तालमेलका लागि तयार पारिएको ड्राफ्टमाथि छलफल भइरहेको हो।

ड्राफ्टअनुसार धनगढीमा भने काँग्रेस र एकीकृत समाजवादीमध्ये एक पार्टीले सहमतिमा मेयर पाउने भएको छ। मेयर नपाउनेलाई उपमेयर दिने ड्राफ्ट तयार पारिएको छ।

आइतबार राति कार्यदलले तयार पारेको ड्राफ्ट अहिले बिहान बालुवाटारको शीर्ष नेताको बैठकमा पेस गरिएको थियो। 
 

कमेन्ट लोड गर्नुस