सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा श्रीमती माइत बसेको झोँकमा श्रीमानले गरे आफ्नै खुट्टामा बञ्चरो प्रहार

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर
२०७९ वैशाख ५, १०:०७ खबर संवाददाता

धनगढी: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ शान्तिपुरका ४० वर्षीय गणेश लुहारले आफ्नै खुट्टामा बञ्चरो प्रहार गरेका छन्। उनले श्रीमती माइत बसेको झोँकमा आफ्नै खुट्टा छिनाएका छिमेकीहरुले बताएका छन्।

लुहारले छिमेकीको ट्युवेलमा राखेर खुट्टोमाथि बञ्चरो प्रहार गरेका इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ। बञ्चरो प्रहारबाट लुहारको दायाँ खुट्टा गोलीगाँठाबाट छुट्टिएको बताइएको छ। लुहारलाई प्रहरीले महाकाली अस्पताल महेन्द्रनगर लगेको र उनको अवस्था खतरामुक्त रहेको जनाएको छ।

उनको मानसिक स्थिति ठिक नभएको अनुमान प्रहरीको छ। श्रीमानले दुःख दिएको भन्दै उनकी श्रीमती धेरै दिनदेखि २ छोरीसहित माइत बस्दै आएकी छन्।

कमेन्ट लोड गर्नुस