२० बर्षे युवाको पृथक प्रयासः धनगढीमा चाहेको स्वाद अनुसारको आईसक्रिम खान पाईने
धनगढीमा अव आफुलाई मन परेको स्वाद अनुसारको आईसक्रियम खान पाईने भएको छ । आईक्रसिमहरु तयारी अवस्थामा जहाँ पनि पाईने गरेकोमा अव भने आफ्नै आँखा अगाडी चाहेको स्वाद अनुसारको आईसक्रिम खान पाईने भएको हो । २० बर्षीय युवाले धनगढीमा पृथक प्रयास गर्दै आफ्नै अगाडी आईसक्रिय बनाएर खान पाईने सुविधा दिन थालेका हुन् ।
२० बर्षीय युवक श्रीजल शाहले धनगढीको सन्तोषी टोल जाने बाटोमा दिनेश कन्र्सन छेउमा स्वाद अनुसारको आईसक्रिम पाईने सुविधा दिनुभएको हो । सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको क्रिम दे ला क्रिममा आफुलाई मनपरेको स्वादको आईसक्रिय आफ्नै अगाडी बनाउन लगाएर त्यसको मज्जा लिन सकिन्छ । धनगढीमा हालसम्म आईसक्रिम स्वाद अनुसारको बनाएर खान पाईने ठाउँ नभएको अवस्थामा त्यसलाई ध्यानमा राखेर पृथक सुविधा दिन खोजेको सञ्चालक शाह बताउँछन् ।
काठमाण्डौ लगायतका केही स्थानमा यस्तो सुविधा पाईने गरेकोमा धनगढीमा यस्तो सुविधा अरुले नदिएको अवस्थामा सम्भावना खोजेर स्वाद अनुसारको आईसक्रिम खाने सेवा ल्याएको शाहको भनाई छ । अहिले ५ प्रकारका आईसक्रिम आफरले चाहेको अनुसारको स्वादमा खान सकिन्छ भने अवका दिनमा थप सेवा पनि बढाउने योजना रहेको शाह बताउँछन् ।
वेष्टर्न ईन्टरनेशनल विजसेन स्कुलमा बीबीए पाँचौ सेमेष्टरमा अध्ययनरत श्रीजलले पढाईसँगै उद्यम पनि थालेका छन्। । विहानको समय पढाई र त्यसपछि उद्यमतिर समय दिने गर्नुभएका उहाँले आफु जस्ता युवाहरुलाई पनि आत्मनिरर्भर बन्न सल्लाह दिन्छन् ।