सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा एक युवक मृत भेटिए, हत्या आशंका

२०७९ वैशाख ३, ०५:३० खबर संवाददाता

धनगढीः दार्चुलामा एक युवक मृत अवस्थामा भेटिएका छन्। जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ४ काडापारीमा १९ वर्षीय जगदिश ठगुन्ना मृत भेटिएका हुन्। 

शनिबार बिहान ९ बजेतिर उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख माधव विश्वकर्माले बताए। शुक्रबार राति नै उनको मृत्यु भएको बताइएको छ। यस्तै उनको हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ। 

मृतकको शव पोस्टमार्टमका लागि गोकुलेश्वरमा राखिएको बताउँदै प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। घटनाबारे स्थानीयसँग प्रहरीले सोधपुछ पनि गरिरहेको छ। 
 

कमेन्ट लोड गर्नुस