सुदूरपश्चिममा रित्तिदै जसपा, अध्यक्ष माओवादी बने, सचिव एमाले
धनगढीः जनता समाजवादी पार्टी (जसपा) का सुदूरपश्चिम प्रदेश सचिव जनक आउजी नेकपा एमालेमा प्रवेश गरेका छन्। आउजीलाई शनिबार एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले पार्टीमा स्वागत गरेका हुन्।
आउजी कैलालीको अत्तरियास्थित इन्चार्ज भट्टको निवास गएर पार्टीमा प्रवेश गरेको एमाले सुदूरपश्चिमले जनाएको छ। यस्तै सुदूरपश्चिमका नौवटै जिल्लाबाट जसपाका अन्य नेता–कार्यकर्ता पनि एमाले प्रवेशको तयारीमा रहेको बताइएको छ।
यसअघि जसपाकै सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी (कुन्दन) नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए। उनलाई पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा स्वागत गरेका थिए।