धनगढीको मेयरमा काँग्रेसबाट कृष्णबहादुर महराको दाबी
धनगढी: धनगढी उपमहानगरपालिकाको मेयर पदका लागि नेपाली काँग्रेसबाट कृष्णबहादुर महराले इच्छा देखाएका छन्। हाल महाधिवेशन प्रतिनिधि रहेका उनले नगर कार्यसमितिले मागे अनुसार मेयरको उम्मेदवार बन्न सिफरिसका लागि निवेदन दिएका छन्।
काँग्रेसमा २०३६ सालदेखि सक्रिय महरा २०३८ सालमा क्रियाशील सदस्य बनेका थिए। २०५४ सालमा धनगढीको वडा नम्बर ५ मा वडाअध्यक्ष समेत बनेका उनले आफूलाई नै आधिकारिक उम्मेदवार बनाउन काँग्रेस नगर समितिलाई आग्रह गरेका छन्।