सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेसले टुंग्यायो बैतडीका ४७ वडामा अध्यक्षका उम्मेद्वार

२०७९ वैशाख ३, ०९:३९ खबर संवाददाता

धनगढी : नेपाली काँग्रेस बैतडीले ४७ वडामा उम्मेद्वारको टुंगो लगाएको छ। अहिलेसम्म ३ पालिका र ४७ वडामा सर्वसम्मत उम्मेद्वारको टुंगो लगाइसकेको नेपाली कांग्रेस बैतडीका सचिव प्रेम चन्दले जानकारी दिए।

८४ वडा रहेको बैतडीका ४७ वडामा अध्यक्षका उम्मेद्वार छनोट भइसकेका र बाँकीमा पनि चांडै टुंगो लाग्ने बताए। काँग्रेसले पुर्चौडी नगरपालिकाको मेयरमा दीपकबहादुर बम, दोगाडाकेदार गाउँपालिकाको अध्यक्षमा देवराज जोशी र पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा रमेश भण्डारीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ।

पुर्चौडी, दोगडाकेदार र पञ्चेश्वरमा मेयर र अध्यक्षको टुंगो लगाए पनि उपमेयर र उपाध्यक्षको भने टुंगो लागिसकेको छैन। वैशाख ७ गतेसम्म सबै पालिका र वडामा उम्मेद्वारको टुंगो लगाइसक्ने नेपाली काँग्रेस बैतडीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस