सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेरुसेलमको अल-अक्सा मस्जिदमा झडप हुँदा करिब १०० घाइते

२०७९ वैशाख २, ०९:४२ रासस

जेरुसेलम: जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा शुक्रबार बिहान प्यालेस्टिनी र इजरायली सुरक्षा बलहरूबीच भएको झडपमा करिब १०० जना घाइते भएका चिकित्सकहरूले बताएका छन्।

प्यालेस्टिनी रेड क्रिसेन्टका एक अधिकारीले एएफपीलाई बताए  अनुसार "९० जना घाइतेहरूलाई जेरुसेलम अस्पतालमा सारिएको छ" र "अन्य दर्जनौं घाइतेहरूलाई मैदानमा उपचार गरिएको छ" झडपमा "रबरको गोली र  साउन्ड ग्रेनेडको प्रयोग गरिएको थियो। 

इजरायली प्रहरीले कम्तीमा तीन अधिकारी घाइते पनि भएको जानकारी दिएको छ।

कमेन्ट लोड गर्नुस