सशस्त्रको प्रवक्तामा डिआइजी खड्का
२०७९ वैशाख २, ०८:०४
काठमाडौँ: सशस्त्र प्रहरी बल, नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायब महानिरीक्षक विदुर खड्कालाई तोकिएको छ।
सङ्गठनसँग सम्बन्धित सूचना तथा जानकारी, सङ्गठनको कार्यक्षेत्रभित्रका समाचार तथा सम्पादन भएका जनसरोकारका विषयका सूचना प्रवाह गर्ने जिम्मेवारीसहित उनलाई प्रवक्ता तोकिएको सशस्त्र प्रहरीले जनाएको छ। यसअघि प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसिना थिए।
कमेन्ट लोड गर्नुस