सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा स्कुटरले ठक्कर दिँदा ५ वर्षीय बालक घाइते

२०७९ वैशाख २, ०७:१६ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा स्कुटरले ठक्कर दिँदा ५ वर्षीय बालक घाइते भएका छन्। जिल्लाको भिमदत्त नगरपालिका हल्दुखालमा उल्टाखाम बस्ने १७ वर्षीय सन्ध्या चन्दले चलाएको म२प३८ नम्बरको स्कुटरले हल्दुखाल बस्ने ५ वर्षीय देव पाण्डेलाई ठक्कर दिएको हो। 

उनको महाकाली असपतालमा उपचार पछि धनगढीको मायामेट्रो अस्पतालमा रेफर गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। स्कुटर र चालक प्रहरीको नियन्त्रण रहेको छ। 

कमेन्ट लोड गर्नुस