बझाङमा साइपाल गाउँपालिकाको अध्यक्षमा एमालेले बोहरालाई उठाउने
बझाङः नेकपा एमालले बझाङको साइपाल गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार सर्वसम्मत चयन गरेको छ। एमालेले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मानबहादुर बोहरालाई अध्यक्ष पदको उम्मेदवार बनाएको हो।
बोहोरा गत निर्वाचनमा नेपाली कांग्रेसका राजेन्द्र धामीसँग पराजित भएका थिए। ५८ मतको अन्तरले पराजित बोहराले ३ सय ३६ मत पाएका थिए भने उनका प्रतिद्वन्द्वी धामी ३ सय ९४ मत ल्याएर विजयी भएका थिए। बोहरा र धामी दुवै जना साइपाललाई अलग्गै गाउँपालिका बनाउन स्थानीयले चलाएको आन्दोलनको नेतृत्वकर्ता हुन्। बोहरा उक्त आन्दोलनमा संयोजकको भूमिकामा थिए भने धामी सक्रिय सदस्यका रूपमा रहेका थिए।
अध्यक्षसँगै चार वटा वडमा अध्यक्षको उम्मेदवार समेत सर्वसम्मत चयन गरिएको नेकपा एमाले साइपाल गाउँपालिका कमिटीका अध्यक्ष सुरेन्द्र बोहराले बताए।