सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्याम्पस प्रमुखलाई छात्रावासको शौचालयमा थुनेपछि...

२०७९ वैशाख २, ०४:४१ खबर संवाददाता

धनगढीः राजधानीको अमृत साइन्स कलेज (अस्कल) का क्याम्पस प्रमुखलाई विद्यार्थीहरुले केहीबेर अघि छात्रावासको शौचालयमा थुनेका छन्। क्याम्पस प्रमुख लोकराज बराललाई शौचालयभित्र थुनेर बाहिरबाट बन्द गरिदिएको बताइएको छ।

लैनचौरस्थित उक्त क्याम्पसको अनेरास्ववियु क्याम्पस इकाइ कमिटीका अध्यक्षलगायतको टोलीले बराललाई शौचालयमा थुनेको क्याम्पस स्रोतले बताएको छ। क्याम्पस प्रशासनले शौचालय मर्मत नगरेको र बारम्बारको आग्रहलाई लत्याएको भन्दै आफूहरुले क्याम्पस प्रमुखलाई छात्रावासमा थुनेको जानकारी दिएको छ।

अनेरास्ववियु अमृत साइन्स क्याम्पस इकाइ कमिटीका अध्यक्ष रुद्रहरी पोखरेल, पूर्वअध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य कमलराज जोशीलगायत डेढ दर्जन विद्यार्थीले क्याम्पस प्रमुखलाई शौचालयको अवस्था देखाउन भन्दै लगेर थुनिदिएका थिए। क्याम्पस प्रमुखलाई भित्र थुनेपछि उनीहरुले एकछिन बाहिर नाराबाजी गरेका हुन्।

कमेन्ट लोड गर्नुस