अछाममा नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु
धनगढी : अछाममा नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बुधबार जिल्लाको मंगलसेन नगरपालिका-६ का अन्दाजी ५२ वर्षीय वेदप्रसाद भण्डारीको नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो।
मंगलसेन-३ स्थित कैलाशखोला र बुढीगंगा नदीको दोभान जिमराडीमा नुहाउने क्रममा नदीको भंगालोमा परी उनको डुबेर मृत्यु भएको अछामका प्रहरी प्रमुख डिएसपी रविराज थपलियाले बताए। भण्डारीसहित गाउँको करिब ३०/४० जनाको टोली बुधबार तीर्थस्थल जिमराडीमा पुगेको बताइएको छ।