सुदूर नेपाललाई विश्वसँग जोड्दै

फिलिपिन्समा बाढी र पहिरोबाट ५८ को मृत्यु

२०७८ चैत्र ३०, ०८:५३ रासस

फिलिपिन्स: फिलिपिन्समा बाढी र पहिरोबाट ज्यान गुमाउने व्यक्तिको संख्या ५८ पुगेको सरकारी अधिकारीहरुले बुधबार जनाएका छन्। उद्धारकर्ताहरूले हिमपहिरोले प्रभावित क्षेत्रहरुमा थप शवहरु निकालेका पनि ती अधिकारीहरुले थप जानकारी दिएका छन्।   

‘मेगी’ नाम दिइएको यस  शक्तिशाली आँधीका कारण लेयटको मध्य प्रान्तको बेबे शहर वरपरका गाउँहरूमा धेरै व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ। 

कमेन्ट लोड गर्नुस