सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका एसपी विश्व अधिकारी पुरस्कृत

२०७८ चैत्र ३०, ०२:११ खबर संवाददाता

धनगढीः सुदूपश्चिम प्रदेश प्रहरी कार्यालयले कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीलाई पुरस्कृत गरेको छ। प्रहरी संगठनको नीति निर्देशन अनुरुप उच्च अनुशासनमा रहेर कर्तव्यनिष्ठ तवरले काम गरेको भन्दै अधिकारीलाई पुरस्कृत गरिएको हो। 

अधिकारीले ईमान्दारीपूर्वक उत्कृष्ट कार्य गरेकोले पुरस्कृत गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नियमावली २०७१ (संशोधन सहित) परिच्छेद १५ को नियम १९७ को देहाय (ख) ले दिएको अधिकार प्रयोग गरी अभिलेखमा जनिने गरी नगद रू १ हजार ४ सय सहित पुरस्कृत गरिएको हो।

उनलाइ बुधबार एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेलले पुरस्कृत गरेका थिए। यस्तै एसपी अधिकारीको काज सरुवा समेत भएको छ। प्रहरी प्रधान कार्यालय काठमाडौंले अधिकारीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्ज काठमाडौंमा काज सरुवा गरेको हो। कैलालीमा प्रहरी प्रधान कार्यलाय काठमाडौं नक्सालबाट सोमेन्द्रसिंह राठौर आउने भएका छन्।

कमेन्ट लोड गर्नुस