सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब एक वर्ष्भित्रमा देशैभर फोरजी सेवा

२०७५ माघ २१, ११:५९

नेपाल टेलिकमको फोरजीरएलटिइ सेवा विस्तारका लागि आइतबार सम्झौता भएको छ। 
संसद्को अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरीद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रही सो सम्झौता गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ। त्यससम्बन्धी छुट्टाछुट्टै सम्झौतापत्रमा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जेडटिइ तथा सिसिएसआइका प्रतिनिधिले हस्ताक्षर गरेको हो। 
फोरजी–एलटिइ सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क र्(यान)का लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङसँग सम्झौता भएको हो। सेवा विस्तार भए पश्चात् टुजी, थ्रिजी र फोरजी नेटवर्कलाई ओभरलीका रुपमा सञ्चालन गरी ग्राहकलाई आ–आफ्नो रुचि र आवश्यकताअनुसारका सेवा छनोट गर्ने अवसर प्राप्त हुनेछ। नेपालभर ६५ लाख क्षमताको फोरजी–एलटिइ विस्तारका लागि एउटा कोर नेटवर्क र दुर्ई यान नेटवर्क तयार गरिने छ। मुख्य कोर नेटवर्क काठमाडौँ र बुटवलमा रहने विज्ञप्तिमा उल्लेख छ। 
र्“यान नेटवर्क अन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सातै प्रदेशमा सेवा विस्तार गरिने छ। 
सम्झौतापश्चात् एक वर्ष्भित्रमा परियोजना सम्पन्न हुनेछ”, विज्ञप्तिमा भनिएको छ। टेलिकमले देशमै पहिलो पटक २०७३ साल पुस १७ गते काठमाण्डौ उपत्यका र पोखरामा फोरजीरएलटिइ सेवा सञ्चालन गरेको थियो। रासस
 

कमेन्ट लोड गर्नुस